म्याग्दीको बिकासको लागी सबै एकै ठाउँमा उभिएर काम गर्छाैं : सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’

अध्यक्ष भण्डारीले बुझाए बिकास निर्माण योजनाका ज्ञापन पत्र

म्याग्दी । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीको बिकासको लागी सबै एकै ठाउँमा उभिएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आइतबार जिल्लाको रघुगंगा गाउँपालिकामा गाउँपालिकाका जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो ।

विकासको लागि कर्मचारी र जनप्रतिनिधिसंग छलफल ,समन्वय र सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । ‘चुनावसम्मलाई मात्र हो यो पार्टी त्यो पार्टी भन्ने ,त्यो स्वभाविक पनि हो ,’उहाँले थप्दै भन्नुभयो , माथी केन्द्रमा सरकार र राजनितिक परिवर्तन भएपनि जिल्लाको विकास र सम्बृद्धीको लागि हामी सबै सांसद एक छौं, ‘अव हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउने तर्फ केन्द्रि हुनु पर्छ ।’अन्तरक्रिय तथा छलफल कार्यक्रमको अवसमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पालिका भित्रका बिकाश निर्माण योजना सम्बन्धि ज्ञापन पत्र बुझाउनु भएको थियो ।

प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद ढकालले स्वागत तथा बधाई दिदै रघुगंगा गाउँपालिकाले पेश गरेका बिकास योजनाहरु संघ र प्रदेशसरकारले आफ्नो समग्र ध्यान मुलुकको हितका लागी केन्द्रित रहेर जनताका आशा, विश्वार र भरोसा सम्वोधन हुने गरी कार्य सम्पादन गर्नेछन भन्ने विश्वास व्यक्त गर्नु भयो ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादु भण्डारीको अध्यक्षता उपाध्यक्ष प्रेमकुमारी पुनको स्वागत र रघुगंगा प्रबक्ता मनकुमार सेरपुजाले सञ्चालन गरेको कार्यक्रममा नेपाली कांग्रेस कार्य समिति म्याग्दीका उपसभापति कर्ण बहादुर भण्डारी (केवी), उपसभापति तथा बेनपा निवर्तमान मेयर हरिकुमार श्रेष्ठ, पूर्व सचिव क्या मिनबहादुर कार्की, पूर्व सभापति नेत्रबहादुर महत लगाएत जिल्लास्तरिय नेताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार