सांसद गौचनद्धारा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग

  म्याग्दी न्युज संवाददाता

बेनी । गण्डकी प्रदेशसभा सदस्य सांस विमला गौचनले म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित गलेश्वर गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ । स्वर्गिय श्रीमान राम गौचनको स्मृतीमा स्थापित राम–बिमला गौचन फाउण्डेशनबाट ५० जना जेष्ठ नागरिकहरुका लागि उक्त खाद्यान्न सामग्री वितरण गर्नुभएको हो ।

नेपाली कांग्रेसकी नेतृ समेत रहनुभएकी सांसद गौचनले उक्त सामग्री ज्येष्ठनागरिक आश्रम व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर पुनलाई हस्तान्तरण गर्नुभएको थियो । चामल ,नुन ,चिनी ,तेल लगायत दैनिक उपभोग्य सामग्री रहेका छन् । उहाँले फाउण्डेशनबाट गत बर्ष गलेश्वर दर्शन आएका सात सय भक्तजनलाई भोजन गराउनुभएको थियो ।

सांसद गौचनले जेष्ठ नागरिकको सुरक्षाका लागि सरकार संगै परिवार र समाजले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । आश्रम व्यवस्थापन समितिका अध्यक्ष पुनले आश्रम सञ्चालन र थप भौतिक पुर्वाधार निर्माणको लागि पहल गरिदिन सांसद गौचनलाई आग्रह गर्नुभयो ।गलेश्वरधाम शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी लगायतले बोल्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार