मोना अष्ट्रेलियाको अध्यक्षमा इन्द्र थापा मगर

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी प्रवासी नेपाल संघ (मोना) अष्ट्रेलियाको शनिबार सिड्नीमा सम्पन्न १७ औं बार्षिक साधारणसभा सभा एवम् आठौ अधिवेशनले इन्द्र थापा मगरको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । अष्ट्रेलियामा रहेका म्याग्देलीको साझा संस्था मोनाको अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा सुशन श्रेष्ठ, उपाध्यक्षमा लक्की श्रेष्ठ, महासचिवमा दिनेश खत्री, सचिवमा सुमन बानियाँ, सहसचिवमा गोकुल भण्डारी, कोषाध्यक्षमा लुकेश थापा मगर, सह–कोषाध्यक्षमा सन्दिप खत्री र प्रवक्तामा हिक्मत श्रेष्ठ चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरु अनिल बाँनिया, सन्दिप खत्री, बाबुराम पौडेल, नगेन्द्र (राज) खत्री, कृष्ण खड्का, सुर्य बहादुर मगर, ईन्द्र विश्वकर्मा, गोपाल पुन, कुशल पौडेल, विशाल पौडेल, तुल बहादुर थापा, मुक्ति सुवेदी निर्वाचित भएको मोना अस्ट्रेलियाका सचिव सुमन बानियाँले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार