जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधी बेनी नगरपालिकालाई (फोटो फिचर)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।  जिल्ला स्तरीय आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधी बेनी नगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार म्याग्दी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा सम्पन्न प्रतियोगितामा प्रतियोगितामा १५ स्वर्ण ,७ रजत र ८ कास्य पदक हात पार्दै आठौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी जित्न सफल भएको हो । विजेता नगरपालिकाले २० हजार रुपैयाँ सहित रनिङ शिल्ड, ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

दुई दिनसम्म सञ्चालित प्रतियोगितामा ५ स्वर्ण ,७ रजत र ३ कास्य पदक जितेको अन्नपुर्ण गाउँपालिका द्धितिय र ५ स्वर्ण ,३ रजत र ४ कास्य पदक जितेको मंगला गाउँपालिका तृतिय स्थान हासिल गर्न सफल भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । यसैगरी प्रतियोगितामा द्धितीय र तृतीय हुने पालिकालाई क्रमश ः१५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ ,बेनी नगरपालिका मेयर सुरत केसी ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी ,पुर्व अध्यक्ष कृष्णकुमार विक लगायतले विजेता पालिकालाई उक्त पुरस्कार वितरण गर्नुभएको हो । त्यस्तै व्यक्तीगत चार स्वर्ण पदक जित्न सफल मंगला गाउँपालिकाकी रिक्जना माझी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएकोछ ।

यसअघि जिल्लाका ६ वटै स्थानीय तहमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भई छनौट भएर आएका विद्यार्थीहरु जिल्ला स्तरीय प्रतियोगितामा सहभागी भएका हुन् । त्यस्तै जिल्लास्तरीय प्रतियोगितामा सहभागी खेलाडीहरु छनौट गरी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि पठाइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । फागनु २० र २१ गते पोखरामा प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार