राष्ट्रपतिमा पौडेल र नेम्वाङको उम्मेदवारी

  म्याग्दी न्युज संवाददाता

काठमाडौँ । राष्ट्रपतिका लागि दुई जनाको मात्रै मनोनयन दर्ता भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रपति पदका लागि शनिबार नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेतर्फबाट सुवासचन्द्र नेवाङले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन हुँदै छ । निर्वाचनका लागि शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।

पौडेलको पक्षमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा छन् । नेम्वाङको समर्थक र प्रस्तावकमा भने एमालेका सांसद छन् । कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार