लागुऔषध सहित एक जना पक्राउ

  म्याग्दी न्युज संवाददाता

बेनी । लागुऔषध सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंगलबार म्याग्दी बेनी नगरपालिका वडा नम्बर ८ कालिपुलबाट भारत पश्चिम बंगाल घर भई हाल पोखरा बस्ने बर्ष २८ का अलेमुन हकलाई लागूऔषध सहित पक्राउ गरेको हो ।

सुचना अधिकारी तथा प्रहरी निरिक्षक किरण लामाका अनुसार ,खैरो हिरोईन जस्तो देखिने पदार्थ ६.५ ग्राम लागु औषध बरामद गरिएको छ । पक्राउ परका हकलाई जिल्ला अदालत म्याग्दीबाट बुधबार सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार