प्रतिष्ठान म्याग्दीद्वारा मातातीर्थ औंसीमा ज्येष्ठ नागरिकहरुलाई भोजन

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले मातातीर्थ औंसी आमाको मुख हेर्ने दिनमा कृष्णगण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्रका आमाहरुलाई भोजन तथा फलफुल वितरण गरेको छ ।विहिबार बेनी नगरपालिका वडा नम्वर ८ बेनी बजारमा रहेको सेवा केन्द्रमा कार्यक्रमको आयोजना गरि ५१ जना आमाहरुलाई खिर, अचार लगायतको भोजन तथा फलफुल वितरण गरेको हो ।

प्रतिष्ठानका कार्य समिति सदस्य तथा बेनी नगरपालिकाका नगर प्रहरी प्रमुख शंकर पौडेल र उहाँकी धर्मपत्नी विमला पौडेलले खर्च सौजन्य गर्नुभएको थियो । मातातीर्थ औंसीको अवसरमा ५१ जना आमाहरु र १६ जना बुवाहरु गरि ६७ जना ज्येष्ठ नागरिकहरुलाई प्रतिष्ठानले भोजन गराएको र त्यसवापतको करिव २५ हजार रुपैयाँ खर्च स्वइच्छाले आफुले व्यवस्थापन गरेको नगर प्रहरी प्रमुख समेत रहनुभएका प्रतिष्ठानका सदस्य पौडेलले बताउनुभयो ।

महत्वपूर्ण दिनमा आमाहरुको सम्मानमा उक्त कार्यक्रमको आयोजना गर्न सघाएकोमा पौडेल परिवारलाई धन्यवाद प्रकट गर्दै प्रतिष्ठान म्याग्दीका अध्यक्ष धु्रव जिसीले मनकारी, सहयोगी, समाजसेवी पौडेल प्रतिष्ठानमा आवद्ध भएदेखिनै सक्रिय र इमान्दार सदस्यको रुपमा काम गर्दै आउनुभएको बताउनुभयो ।

कार्यक्रममा ज्येष्ठ नागरिकहरुसंग भजनकृतन समेत गरिएको थियो । भने पौडेलको सहयोग तथा योगदानको प्रशंसा गर्दै सम्मान पत्र द्वारा सम्मान समेत गरिएको थियो । कार्यक्रममा प्रतिष्ठान म्याग्दीका सल्लाहकार धन कुमारी थापा, संजय श्रेष्ठ, निवर्तमान अध्यक्ष देवेन्द्र घिमिरे लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम प्रतिष्ठानका जिल्ला अध्यक्ष जिसीको अध्यक्षता र सचिव विजुन केसीको संचालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार