गण्डकीमा ढल्यो एमाले सरकार,मुख्यमन्त्री खगराज अधिकारीले पाएनन् विश्वासको मत (भिडिओ )

  म्याग्दी न्युज संवाददाता

कास्की । गण्डकी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेसँगै उहाँ नेतृत्वको सरकार ढल्न पुगेको हो । संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी स्वतः पदमुक्त हुनुभएको हो ।

भिडिओ हेर्नुहोस्

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण अधिकारीले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिनुभएको थियो। अधिकारी गत पुस २५ गते एमालेसहित, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। तर, केन्द्रमा एमालेसहितको गठबन्धन परिवर्तन भएपछि गण्डकीमा समेत गठबन्धन परिवर्तन भएको थियो ।

५९ सदस्यीय गण्डकी प्रदेश सभामा उहाँले २४ पक्षमा मत पाउनुभयो भने विपक्षमा ३४ मतदान गरेका छन् ।गण्डकी प्रदेशमा गत चैत १० गते माओवादी केन्द्रले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारबाट हटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार