सांसद गर्बुजा पुर्वाधार विकास समितिमा

  म्याग्दी न्युज संवाददाता

काठमाडौँ । म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ प्रतिनिधिसभा अन्तर्गत पुर्वाधार विकास समितिमा रहनुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका सांसद गर्बुजाको नाम पुर्वाधार विकास समितिमा रहने वाचन गरेर सुनाउनुभएको हो ।

संसद्को हिउँदे अधिवेशनको अन्तिम समयमा संसद्का १० विषयगत समितिको गठन टुंगिएको छ। सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरिसकेको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार