म्याग्दीमा राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवस मनाइयो

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ आज मनाइएको छ । कम्प्युटर एसोसियसन अफ नेपाल महासंघ ,जिल्ला शाखा म्याग्दीको आयोजनामा बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा साइबर अपराध र सुरक्षा सम्बन्धि सचेतनामुलक कार्यक्रम गरी दिवस मनाइएको हो ।

कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पस प्रमुख गोरखबहादुर जिसीले शैक्षिक क्षेत्रमा सुचना प्रविधिको प्रयोगलाई व्यापक बनाउनुका साथै यसको उपयोगिताका सबैले जान्न आवश्यक रहेको बताउनुभयो । कम्प्युटर एसोसियसन अफ नेपाल महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष बामदेव रिजालले संस्थाको परिचय ,सञ्चार प्रविधिको महत्व र संस्थाले गर्ने कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।

बेनी नगरपालिकाका इन्जिनियर खिमबहादुर क्षेत्रीले साइबर अपराध र सुरक्षा सम्बन्धि प्रशिक्षण दिनुभएको थियो । जिल्ला अध्यक्ष लालबहादुर लालबहादुर कार्कीको अध्यक्षता ,सचिव बासुदेव घिमिरेले संचालन गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष ज्ञानबहादुर श्रीसले स्वागत मन्तव्य राख्नुभएको थियो । वर्कशप कार्यक्रम संचालन गर्न प्रदेश र संघसंग पहल गर्ने जिल्ला अध्यक्ष कार्कीले बताउनुभयो । कार्यक्रममा म्याग्दी बहुमुखी क्याम्पस बिआईसिटीईका विद्यार्थी र प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार