गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजना : यसरी हुँदैछ पिप्ले–भगवति खण्डकाे कालोपत्र (फोटो फिचर)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक नमुना सडक कार्यक्रम’ अन्तर्गत म्याग्दीको गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजनाको पिप्ले–भगवति जोड्ने सडक कालोपत्रको काम थालिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने पाँच किलोमिटर पिप्ले–भगवति जोड्ने ४.५ किलोमिटर सडक कालोपत्रको काम थालिएको हो।

????????????????????????????????????

सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल सकेर डिबिएसडी प्रबिधिको कालोपत्र गर्न पहिलो चरणमा ‘प्राइम कोट’ बिछ्याउन थालिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका  प्रमुख गुरूत्त अधिकारीका  अनुसार ,सात मिटर चौडाईमा फस्ट कोट १.२ लिटर प्रति वर्गमिटर र एक लिटर प्रतिवर्गमिटरका दरले सेकेण्ड कोट पिच गर्न लागिएको छ ।

????????????????????????????????????

प्राइम कोट हालेको २४ घण्टापछि बिटुमिन र चिप्स राखेर फस्ट कोडको कालोपत्र गरिन्छ । प्राइम कोट राख्नुअघि विभिन्न चरणमा रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाउने काम अन्तिम चरणमा पुगेको छ । बि.सं. २०७६ देखि सुरु भएको आयोजनाको एपेक्स–खड्का कृष्ण जेभीले १८ करोड ४९ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

????????????????????????????????????

बि.सं. २०७८ जेठ २४ गते सकिनुपर्ने सडक निर्माणमा कोरोना महामारी, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव, सामाजिक लगायतका कारणले ढिलाई भएको एपेक्स–खड्का कृष्णका इञ्जिनियर रामु कँडेलले बताउनुभयो । उहाँले आगामी असार मसान्त सम्म कालोपत्र सक्ने लक्ष्य लिएर कामलाई तिब्रता दिएको बताउनुभयो । सडक कालोपत्र गर्ने कामलाई गति दिन निर्माण अवधिभर यातायातका साधन सञ्चालन समेत बन्द गरिएको छ ।

????????????????????????????????????

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले धेरै प्रयास गरेर निर्माण व्यवसायीलाई काममा फर्काएर कालोपत्र गर्ने अवस्थासम्म सडक आएको बताउनुभयो । वडा, पालिका, जिल्ला, प्रदेश र संघीय जनप्रतिनिधिहरुले पिप्ले–भगवति सडक आयोजना निर्माणलाई गति दिन दवाव, सहजिकरण र समन्वय गर्नुभएको थियो ।

????????????????????????????????????

गलेश्वर देखि बगैचा र बगैचा देखि रघुगंगा माविको भवन अगाडीसम्मको करिब तीन किलोमिटर सडकमा भने यो आयोजनाले काम नगर्ने भएको छ । गलेश्वर देखि बगैचासम्मको सडक पहिरोको जोखिमका कारण काम रोकिएको हो । बगैचादेखि रघुगंगा मावि सम्मको सडक राहुघाट जलबिद्युत आयोजनाले कालोपत्रे गर्ने भएको छ ।

????????????????????????????????????

यो सडक स्तरोन्नति भएपछि पिप्ले, भगवति र बेगखोलाका तीन हजार भन्दा बढी घरधुरी लाभान्वित हुने बताइएको छ । सडक कालोपत्र भएपछि सदरमुकाम आवतजावत गर्न दैनिक उपभोग्य खाद्यान्न लगायत सामान ढुवानी गर्न सहज हुने वडा नम्बर २ का वडा अध्यक्ष अमृत भण्डारीले बताउनुभयो । साथै उहाँलेकृषि उपज निकासीमा समेत सडकले टेवा पुग्ने बताउनुभयो ।

????????????????????????????????????

बि.सं. २०६६ मा यो मार्ग खोलिएको यो सडक सामान्य मर्मत गरेर यातायातका साधन सञ्चालन हुँदै आएको थियो । ढिलै भएपनि सडक कालोपत्र हुन थालेपछि स्थानीयबासीमा खुसियाली छाएको छ । कालोपत्रको काम भइरहेको देख्दा खुशी लागेको स्थानीय मिथु परियारले बताउनुभयो ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार