पुन छुट्टै जाति होइन ,मगर समुदायलाई विभाजित गर्ने सड्यन्त्र विरुद्ध एकतावद्ध भएर प्रतिवाद गरौं : मन्त्री जुग्जाली

  म्याग्दी न्युज संवाददाता

बेनी । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री  रेशमबहादुर जुग्जाली (सुविन)ले मगर समुदायलाई विभाजन गर्ने सड्यन्त्र भइरहेको भन्दै त्यसको विरुद्ध एकताबद्ध भएर प्रतिवाद गर्न आह्वान गर्नुभएको छ । आइतबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत मन्त्री जुग्जालीले सो आह्वान गर्नुभएको हो । उहाँले पुन छुट्टै जाति नभएर मगर भित्रको थर भएको बताउनुभएको छ । उहाँले फेसबुकमा स्टाटस लेख्दै भन्नुभएको छ ,‘ मगरहरूलाई बिभाजित गर्ने सड्यन्त्रको बिरुद्ध एकताबद्ध भएर प्रतिबाद गरौं ! पुन भनेको छुत्तैजाती नभयर मगर भित्रको थरहो भन्ने कुरा सबैले बुझौं !’

राष्ट्रिय जनगणना–२०७८ को जातिगत तथ्याङ्क सार्वजनिक गरिएपछि मगरहरु आन्दोलित भएका छन् । कूल जनसंख्यामध्ये २० लाख १३ हजार ४ सय ९८ जना अर्थात् ६ दशमलव ९ प्रतिशत मगर समुदायको संख्या देखाइएको छ । तर, परापूर्वदेखि मगर समुदायले मान्दै आएको मुख्य थरमध्ये पुन मगरलाई छुट्टै जातिको दर्जा दिएको छ । ९ हजार ८ सय २७ जना अर्थात् ०दशमलव ०३ प्रतिशतमा पुन जाति रहेको भनि तथ्याङ्क विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार