जलजला गाउँसभास्थल तनावग्रस्त

  म्याग्दी न्युज संवाददाता

लामाखेत। जलजला गाउँपालिकाको गाउँसभा तनावग्रस्त बनेको छ । अध्यक्ष राजुप्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा बहुमत नेकपा एमालेबाट निर्वाचित गाउँसभा सदस्यले अबरोध गरेपछि दुई पक्षबिच झडपको अवस्था निम्तिएको छ । नेकपा एमालेबाट निर्वाचित सदस्यले माइक खोस्ने प्रयास गर्दै नाराबाजी गरिरहेका छन् ।

गाउँपालिकाले यही असार १० गते नीति, तथा कार्यक्रम र बजेट ल्याउनेगरी गाउँसभाको बैठक आब्हान भएको थियो तर बहुमत गाउँसभाका सदस्य उपस्थित नभएपछि जलजला गाउँपालिकाले असार १२ गते बैठक आब्हान गरेको थियो । उक्त बैठकमा पनि कोरम नपुगेपछि गण्डकी प्रदेश सरकारले स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत २५ प्रतिशतले पनि नीति तथा कार्यक्रम र बजेट ल्याउनसक्ने प्रावधानलाई टेकेर बिहिबार गाउँसभाको बैठक आब्हान गरेको थियो ।

आजको बैठकमा अध्यक्षले सुरुमा बैठक सुरु गर्नेबित्तिकै एमालेबाट निर्वाचित गाउँसभाका सदस्यले उठेर सहमतिपछि मात्रै बिधि र प्रक्रिया पु¥याएर बैठक सुरु गर्न आब्हान गरेका थिए । उनीहरुले जबरजस्ती बैठक सञ्चालन भए त्यसबाट उत्पन्न हुने परिस्थितिको सामना गर्न चेतावनी दिएका थिए ।अध्यक्ष आचार्यले पनि आफुले बिधि र प्रक्रिया पु¥याएर बैठक बसालेकोले सभा नरोक्ने भन्दै नीति तथा कार्यक्रम नरोक्ने बताएर प्रस्तुत गर्न सुरु गरेका थिए । त्यसलगत्तै नेकपा एमालेबाट निर्वाचित गाउँसभाका सदस्यले कुर्ची प्रहार गर्दै माइक फाल्नुका साथै कुर्ची भाँचेका छन् । सुरक्षाकर्मीले बिचमा रोक्ने प्रयास गरेपनि दुई पक्षबिच गाउँसभास्थल तनावग्रस्त बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार