ट्याक्टर दुर्घटनामा चालक परियारको मृत्यु

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– ,३ दुलेपानीमा शनिबार साझँ भएको ट्याक्टर दुर्घटनामा चालक सुजन परियारको मृत्यु भएको छ। कालोपत्र गर्दै गरेको सडकमा अनियन्त्रित भएर दुर्घटना हुदाँ ट्याक्टरले च्यापिएर चालकको घट्नास्थलमा मृत्यु भएको हो ।

दुर्घटनामा परेर रघुगंगा गाउँपालिका–३,स्थित मालिकाका २३ बर्षिय युवा सुजन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक किरण लामाले जानकारी दिनुभयो ।रघुगंगाको वडानम्वर २ राखु भगवतीबाट वडा नम्वर ३ पिप्ले स्थित संचालित रघुगंगा हाइड्रोपावरको सामानहरु लिएर आउँदै गरेको ग १ च ७२८१ नम्वरको ट्याक्टर सडकमा अनियन्त्रित भएर दुघंटना भएको थियो ।दुर्घटना हुनुको कारणबारे अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार