गुडिरहेको बोलेरो जिप माथि पहिरो खस्दा चालक घाइते

  म्याग्दी न्युज संवाददाता

बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–२,बैसरीको अधेरीखोला क्षेत्रमा गुडिरहेको बोलेरो जिपमाथि पहिरो खस्दा चालक खस्त घाइते भएका छन् । बुधबार साँझ  बालेरो जिपलाई गुडिरहेको अवस्थामा पहिरो खसेर पुर्दा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,महभिरका ४० वर्षीय लाेक्चन   गर्बुजा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  बेनी देखी तिप्लाङ जाने क्रममा गर्बुजाले चलाएको ग १ ज ६८२० नम्बरको बोलेरो जिपमा क्षति पुगेको छ ।

जिपभित्रै च्यापीएको अवस्थामा अन्य सवारी साधनका चालक, यात्रु र सडक विभागका कर्मचारीहरुले गर्बुजालाई उद्दार गरेर बेनी अस्पतालमा ल्याएका छन् । गर्बुजा बेहोस हुनुहुन्छ । उहाँलाई थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका सदस्य विज्ञान सुवेदीले बताउनुभयो । बैसरीमा गत आइतबारदेखि अवरुद्ध बनेको सडक बुधबार दिउँसोदेखि सञ्चालन भएको थियो । सडक माथिबाट निरन्तर खस्ने पहिरोका कारण बैसरीमा सवारी आवत जावत जोखिमयुक्त बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार