निस्कोट समाज अमेरिकाको अध्यक्षमा लाल पुन मगर

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट घर भई हाल संयुक्त राज्य अमेरिकामा बस्दै आइरहेका निस्कोटबासीहरुको साझा संस्था निस्कोट समाज अमेरिकाको अध्यक्षमा लाल पुन मगर चयन हुनुभएको छ । आगामी वर्ष २०२३–२०२५ सम्मको लागि पुन अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो ।

अध्यक्ष पुन यस अघि पनि सामाजिक काममा सक्रिय हुनुहन्थ्यो ।कार्यसमितिको उपाध्यक्षमा मिलन पुन ,सचिवमा मनोज पुन ,कोषाध्यक्षमा कमला पुन चयन हुनुभएको छ । यसैगरी ,सदस्यहरुमा ज्ञानु पुन ,उत्तम पुन ,तुलप्रसाद सेती ,दिनेश पुन ,पृथ्वी पुन ,बिना बिक ,लोकमान छन्त्याल ,साेम पुन र भिमराज प्रतेल चयन हुनुभएको कार्यसमिति सदस्य पृथ्वी पुनले जानकारी दिनुभयो ।

त्यस्तै समाजको सल्लाहकारमा जगत पुन र यामलाल कंडेल चयन हुनुभएको छ । भने व्यवस्थापनमा महेन्द्र पुन ,गोविन पुन ,भिजन घर्ती ,गोविन सुनार र याम फगामीलाई चयन गरिएको छ । १६ अगष्टमा सम्पन्न कार्यक्रममा समाजको अगुवाइमा जन्म गाउँका क्यान्सर पीडितहरु सकबहादुर बिक र ढुमना छन्त्याललाई  एक लाख ५० हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग समेत गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार