गलेश्वरमा आत्महत्या रोकथाम सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न

  धनिलाल गर्बुजा

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा आत्महत्या न्यूनिकरण सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमबीच गलेश्वरमा रहेको इलाका प्रहरी कार्यालयको आयोजना र गलेश्वरधाम आमा समुहको समन्वयमा आत्महत्या न्यूनिकरण तथा रोकथाम सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको गलेश्वर प्रहरी चौकीका प्रहरी सहायक निरक्षक बिक्रम तिवारीले जानकारी दिनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्रबहादुर केसीले समाजमा रहेका सरोकारवाला पक्षले आत्महत्या विरुद्ध आफ्नो जिम्मेवारीको पहिचान गरी सचेतना फैलाउन सके आत्महत्याको घटना दरमा कमि आउने बताउनु भयो ।

गलेश्वरका स्थानीय समाजसेवी बालकुमार लामिछानेले म्याग्दीमा आत्महत्याको संख्या उच्चदर रहेको हुँदा यसलाई घटाउदै लैजान स्थानीय सरकार, सहितका सबै पक्षको सहकार्य गरेर गाउँ टोल सम्म सचेतनामुकल कार्यक्रम नियमित गर्नु पर्ने सुझाव दिनुभयो । गलेश्वरधाम आमाकी अध्यक्ष फुलकुमारी रोकाले आत्महत्याको कारण पहिल्याउँदै सम्बन्धित सरोकारवलाहरु सक्रिय भई अगादी बढन आग्रह गर्नु भयो ।

समुहकी अध्यक्ष रोकाको अध्यक्षता प्र. स. नी. तिवारीले सञ्चालन गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरक्षक कृष्ण विश्वकर्मा र बेनी अस्पतालका मनोरोग बिशेषज्ञ डा. अनुसा मानन्धरले आत्महत्याको अवस्था, आत्महत्या गर्ने तरिका, उनीहरुले आत्महत्या गर्नको कारण, ब्यक्तिले आत्महत्या गर्नु पूर्वका संकेतहरु चुनौतिहरु र सम्भाव्य रोकथामका उपाय लगायतका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

कार्यक्रममा गलेश्वर प्रहरी चौकी, रघुगंगा आमा समुह, सशस्त्र प्रहरीको आश्रित गुल्म गलेश्लर, गलेश्वर अवासिय माध्यमिक विद्यालयका बिधार्थी, जडभरत आधरभुत विद्यलयका बिधार्थी, स्थानीय गलेश्वरबासी लगायतका उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार