मोना क्रोएसियाको अध्यक्षमा सुन्दास

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । अध्ययन ,रोजगारी लगायत विभिन्न शिलशिलामा क्रोएसियामा रहेका म्याग्दीलीको साझा संस्था मोना क्रोएसियाको प्रथम अधिवेशनबाट रुपेश सुन्दासको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्ष सपना जुग्जाली, प्रथम उपाध्यक्ष देबिन गर्बुजा, द्वितीय उपाध्यक्ष सुमन थापा, महासचिब प्रेम परियार, सचिब रमेश परियार, सहसचिब दिपा मल्ल, कोषाध्यक्ष कृष्ण बानियाँ, सह–कोषाध्यक्ष राम्जी पौडेल, महिला सँयोजक अन्जु फगामी,महिला सह–सँयोजक सुनिता बिक रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा तेजेन्द फगामी, सुजन बैद्द,सुरज बैध कृष्ण केसी,जस बहादुर पुन, राजेश केसी,आषिश परियार “झिल्के“ अर्जुन रत्न, डिल रत्न, राजु रत्न,वीर रत्न, राम लामिछाने, केसर पुन,पुष्कर पुन,गोबिन्द सुन्दास रहेका छन् ।संस्थाको प्रमुख सल्लाहकार रामकृष्ण शर्मा, सल्लाहकार झलक जिसि, तेज सुन्दास रहेको मोना क्रोएसियाले जनाएको छ ।

अधिवेशनको उद्घाटन गदैं मोना अन्तराष्ट्रियका निर्वतमान प्रथम उपाध्यक्ष एवम् एनआरएनए नेदरल्याण्डका अध्यक्ष मिम पूर्जाले विश्वभर रहेका म्याग्देलीहरुको सञ्जाल मोनामार्फत विभिन्न कार्यहरु भइरहेकाले मोनामा आवद्ध हुन अनुरोध गर्नुभयो ।

उहाँले मोना म्याग्देलीको साझा संस्था भएकाले मोनालाई थप उचाईमा पुर्याउने कार्य गर्नुपर्ने बताउनुभयो । मोनाका हरेक गतिविधिलाई संस्थागत बनाउन राष्ट्रिय कार्यकारी समितिको योगदान हुने बताउनुभयो । अधिवेशनमा संस्थापक संयोजक रामकृष्ण शर्माले आफ्नो कार्यकालमा रचनात्मक सहयोग प्राप्त भएको बताउँदै मोनाका अभियानमा सक्रिय भएर लाग्ने बताउनुभयो । त्यस्तै नवनिर्वाचित अध्यक्ष सुन्दासले मोनाका गतिविधिलाई निरन्तरता दिदैं क्रोएसियामा रहेका सम्पूर्ण म्याग्देलीलाई मोनामा आवद्ध बनाउने अभियान सञ्चालन गर्ने बताउनुभयो। उहाँले मोनामार्फत क्रोएसिया र जन्मभूमिमा समेत विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार