एसईई र कक्षा १२का उत्कृष्ट विद्यार्थीलाई सम्मान

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको स्टुडेण्ट भाइस र सामाजिक संस्था रेखा मेमोरियल ट्रष्टले म्याग्दी जिल्लाबाट माध्यामिक शिक्षा परीक्षा (एसइइ) का सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।

शनिबार म्याग्दी सामुदायिक पुस्तकालयमा एसइइमा ४ जिपिए ल्याउने प्रकाश माविका समिर सुबेदी र कक्षा १२ मा ३.६६ जिपिए प्राप्त गरी सामुदायिक तथा संस्थागत विद्यालय तर्फ धौलागिरी मै सर्बोकृष्ट (प्रथम) भएका बेनी सामुदायिक माविका हिमाल आचार्यलाई नगद १० हजार सहित सम्मान गरिएको छ। सम्मान कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रतिभा मावि पोखराका प्राचार्य किरण सापकोटा र रेखा मेमोरियल ट्रष्टका सल्लाहकार तेजेन्द्र कार्कीले सम्मान गरेका थिए ।


सम्मान कार्यक्रमका बोल्दै प्रमुख अतिथि जिसस प्रमुख थापाले उच्च शिक्षापछि बैदेशिक गन्तब्य बनाउने होडबाट विद्यार्थी पछाडी हट्नुपर्ने बताए । कार्यक्रममा बिशिष्ट अतिथि प्रतिभा माविका प्रअ सापकोटाले लक्ष्य प्राप्तीका लागि विद्यार्थीले निरन्तर मेहनत गर्नुपर्ने बताए । सोही अवसरमा म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष अम्बिक श्रेष्ठ, निर्वतमान अध्यक्ष सन्तोष रावलले मन्तब्य राखेका थिए ।

नेपाल र अष्ट्रेलियाबाट एकसाथ शैक्ष्कि परामर्श दिइरहेको स्टुडेण्ट भाइसका निर्देशक बद्री बरुवाल अध्यक्ष रहेको रेखा मेमोरियल ट्रष्टमार्फत म्याग्दी र विभिन्न जिल्लामा भइरहेको सामाजिक कार्यका बारेमा समेत प्रस्तुत गरिएको थियो । स्टुडेण्ट भाइस र ट्रष्टले आगामी बर्ष समेत उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने संस्थापक बरुवालले बताए । उनले विपन्नको उपचार, उच्च शिक्षा तथा अन्य सामाजिक एवम् मानवीय सेवामा निरन्तर सहयोग गर्ने बताए । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको नेतृत्व तथा ब्यक्तित्व विकास सहितका शैक्षिक गतिविधिमा समेत सहयोग गर्ने गरी सरोकारवाला निकायसँग सहकार्य गर्ने जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार