मोनाको अध्यक्षमा पूर्जाको उम्मेद्वारी घोषणा

  म्याग्दी न्युज संवाददाता

बेनी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था (मोना)अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्ष पदमा मिम पुर्जाले उम्मेद्वारी घोषणा गर्नुभएको छ । मोना आईएसीको आसन्न पाँचौ महाधिवेशनमा निर्वतमान बरिष्ठ उपाध्यक्ष मिम पूर्जाले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । सामाजिक क्षेत्रमा क्रियाशिल  मोनाको महाधिवेशन यही असोज २६देखि २८ गते (अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा हुँदैछ ।पुर्जा म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा घर भई हाल नेदरल्याण्डमा ब्यवसाय गदैं आउनुभएको छ ।

पूर्जाले हालै सम्पन्न भएको मोना क्रोयसियाको अधिवेशनबाट अन्तर्राष्ट्रिय कार्यकारी समितिको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभयो । निर्वतमान बरिष्ठ उपाध्यक्ष एवम् पूर्व महासचिव समेत रहनु पूर्जाले चौथौ महाधिवेशनमा सहमतिका लागि अध्यक्ष पद छोडेको बताउँदै यसपटक अध्यक्षमा उम्मेदवारी घोषणासँगै अभियानमा जुटेको बताउनुभयो ।

‘मोनाको अभियानलाई फैलाउन निरन्तर अभियानमा छु,’संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिनेछु’ पूर्जाले भन्नुभयो ।अध्यक्ष पदका उम्मेदवार पूर्जाले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर बाँकी रहेका देशमा मोनाको सञ्जाल विस्तार गर्ने, मोनाको कोष तथा संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने, राष्ट्रिय कार्यकारी समितिलाई थप बलियो बनाउने र म्याग्दीमा स्थानीय तहसँग र समुदायसंग सहकार्य गरी माेनाकाे कामलाइ थप प्रभावकारी बनाउने बताउनुभयो । मोना नेदरल्याण्डका संंस्थापक सदस्य समेत रहेका पूर्जा एनआरएनए नेदरल्याण्डको निर्वतमान अध्यक्ष समेत हुनुहुन्छ । नेदरल्याण्डका सफल नेपाली ब्यवसायी पूर्जाले म्याग्दीमा विभिन्न संघसंस्थामार्फत सामाजिक कार्यमा समेत सहयोग गर्दै आउनुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार