मोना दक्षिण कोरियाको अध्यक्षमा भण्डारी

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । विभिन्न सिलसिलामा दक्षिण कोरिमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी संघ (मोना) दक्षिण कोरियाको अध्यक्षमा दुर्गा भण्डारी चयन हुनुभएको छ । शनिवार सम्पन्न चौधौं अधिबेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षहरुमा गंगाराज बानियाँ , रिम भण्डारी , मनिष गौचन र कुमार केसी चयन हुनुभएको छ ।

महिला उपाध्यक्षमा हेमा राना केसी, महासचिबमा दिनेश कार्की,सचिबमा सुशील भण्डारी,कोषाध्यक्षमा राहुल छन्त्याल ,सह कोषाध्यक्षमा ज्ञान बहादुर छन्त्याल र महिला संयोजकमा संजिता गुरुङ चयन हुनुभएको छ । समितिको सदस्यहरुमा पुरन बनिया, अंकित शेरपुन्जा, प्रेम भण्डारी, प्रकाश के सी,तिलक छन्त्याल, कबिता गुरुङ, भावना मगर, देबी थापा, नारायण घर्तिमगर, अर्जुन खड्का, कबिता गर्बुजा पुन लगायत रहनुभएको छ ।

संस्थाका अध्यक्ष सुनेश केसीको अध्यक्षतामा भएको अधिवेशनको सस्थाका संरक्षक ओम नारायण जुग्जालीले उद्घाटन गर्नुभएको थियो । जुग्जालीले कोरियामा छरिएर रहेका म्याग्दीलीहरु बिच एकता ,समन्वय र सहकार्य गरी संस्थालाई थप बलियो बनाउन आग्रह गर्नुभयो ।मोना कोरिया दक्षिण कोरियामा रहेका म्याग्दीलीहरुलाई एकताबद्ध गर्दै त्यहाँ आइपर्ने समस्याहरुमा सहजीकरण र जिल्लामा आईपर्ने विभिन्न सामाजिक कार्यहरुमा हातमालो गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार