मोना अन्तर्राष्ट्रिय कोषाध्यक्षमा कतारबाट फगामीको उम्मेद्वारी

  म्याग्दी न्युज संवाददाता

बेनी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तर्राष्ट्रिय कार्यकारी समितिको आसन्न पाँचौं महाधिवेशनमा कतारबाट नरेन्द्र फगामीले कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।मोना कतारका निर्वतमान अध्यक्ष समेत रहनुभएका फगामीले मंगलबार कतारबाट मोनाको सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो । मालिका गाउँपालिका वडा नम्बर ५ घर भई  लामो समयदेखि कतारमा कार्यरत फगामी मोना अन्तर्राष्ट्रिय सदस्य समेत भएर काम गर्नुभएकाे छ ।  फगामी मोना कतार बहुउदेश्यीय अक्षय कोषका सदस्य समेत हुनुहुन्छ ।

मोनाका गतिविधिमा निरन्तर सक्रिय रहेका फगामीले आगामी असोज २६–२८(अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि विश्वभरबाट आउने प्रतिनिधिलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । प्रवास र गृहजिल्लामा सामाजिक लगायत हरेक क्षेत्रमा ठुलो योगदान पु¥याउँदै आएको संस्था मोनालाई थप बलियो र सुदृद्ध बनाउन आफुले उम्मेद्वारी दिएको उहाँको भनाइ छ । ‘मोनालाई थप अन्य देशमा विस्तार गर्न,संस्थालाई आर्थिक रुपमा बलियो र सुदृद्ध बनाउन तथा सबैको साझा संस्था हो भनेर चिनाउन मैले पहल गर्नेछु ’,उहाँले भन्नुभयो ।

प्रवासमा रहेका म्याग्दीलीहरुलाई गृहजिल्लामा सम्भावना भएको क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो । मोना कतारको संरक्षक एवम् मोना अन्तराष्ट्रियका निर्वतमान महासचिव बिक्रम कार्कीको प्रस्ताव र मोना कतारका अध्यक्ष राजु पौडेलको सर्मथन रहेको छ । मोना कतारले पदाधिकारीमा फगामीलाई संस्थागत उम्मेदवारको रुपमा अगाडी बढाएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार