माओवादी अभियानबाट पदमार्ग मर्मत

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ मा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले शुुक्रबार श्रमदान गरी पदमार्ग मर्मत गरेका छन् ।

जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत च्युुरीबोटदेखि ओखरबोट जोड्ने पदमार्ग मर्मत गरेका हुन् । ३५० मिटर पदमार्ग सरसफाई र ८० मिटर नयाँ पदमार्ग निर्माण गरिएको नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटिका सचिव लालबहादुुर घतानेले जानकारी दिनुुभयो ।

माओवादीको वडा कमिटिको आयोजनामा करिब २० जनाले तीन घण्टासम्म श्रमदान गर्नुुभएको थियो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य चन्द्रबहादुुर बुुढा, गण्डकी प्रदेश सदस्य गौरी सेञ्चुरी, मालिका गाउँपालिका कमिटिका अध्यक्ष अनुुप गौचन पनि श्रमदानमा सहभागी हुुनुुभएको थियो ।

गत भदौ १६ गतेदेखि देशब्यापी रुपमा सञ्चालन भएको अभियान मार्फत यसअघि मालिका गाउँपालिकाको वडा नम्बर –३ डाडागाउँ र बेनी नगरपालिका–१ रत्नेचौरको रुइनेडाडामा सडक मर्मत गरिएको थियो । अन्य पालिका र वडा स्तरमा पनि श्रमदान अभियान सञ्चालन गर्ने माओवादी केन्द्र म्याग्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार