मोना बेल्जियमको अध्यक्षमा सुमन थापा

  म्याग्दी न्युज संवाददाता

बेनी । अध्ययन,रोजगारी लगायत विभिन्न सिलसिलामा बेल्जियममा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमको अध्यक्षमा सुमन थापा ‘प्रदिप’ चयन हुनुभएको छ । आइतबार सम्पन्न संस्थाको आठौं अधिवेशनबाट थापा सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो ।

अधिवेशनबाट निवर्तमान अध्यक्षमा रकेन्द्र घिमिरे ,वरिष्ठ उपाध्यक्षमा ज्ञान रकाल ,उपाध्यक्षमा कृष्ण सुनार,महिला उपाध्यक्षमा ज्ञान बरुवाल ,महासचिवमा रामचन्द्र थापा मगर ,कोषाध्यक्षमा बिनु थापा (रोका),सचिवमा सुदिप शेरपुञ्जा ,सहकोषाध्यक्षमा दिपक भण्डारी ,सदस्य (युवा तथा खेलकुद विभाग)संयोजकमा किरण शाही ,सदस्य (महिला तथा सांस्कृतिक विभाग संयोजक)मा देबी गर्बुजा ,त्यस्तै सदस्यहरुमा सुमित शाही ,भुबन आचार्य ,माईकलन पुन र धुनु जिसी रहनुभएका निर्वाचन कमिटिले जनाएको छ ।

पुर्व अध्यक्ष योगेन्द्र श्रेष्ठको संयोजकत्व , पुर्व अध्यक्षहरु घनश्याम शाही र योगेन्द्र बिकको सदस्यतामा निवार्चन कमिटि गठन गरिएको थियो । समाजसेवी थापाले सामाजिक संस्था मोनालाई थप बलियो बनाउन , बेल्जियमा रहेका म्याग्दीलीहरुलाई एकताबद्ध गराउँदै लैजाने योजना सुनाउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार