दरबाङमा पाँचौं पश्चिम म्याग्दी कप तथा विविध सांस्कृतिक कार्यक्रम हुँदै

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङमा पाँचौं पश्चिम म्याग्दी कप विविध सांगितिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । मालिका गाउँपालिका–६,स्थित पश्चिम म्याग्दी यृवा क्लबको आयोजनामा आगामी कात्तिक ९ गतेदेखि १५ गतेसम्म उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो । जिल्लाको दोस्रो व्यापारिक केन्द्र समेत रहेको दरबाङमा सञ्चालन हुने कार्यक्रम अन्तर्गत ठुलो पुरस्कार राशिको सेभेन ए साइड खुल्ला पुरुष फुटबल प्रतियोगिता ,खुल्ला लोक नृत्य प्रतियोगिता टोल स्तरीय पौढ फुटबल प्रतियोगिता लगायत सांस्कृतिक कार्यक्रम संचालन हुने क्लब सचिव नगेन्द्र मल्लले जानकारी दिनुभयो । फुटबल प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमले क्रमश ः ९५ हजार र ६० हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै खुल्ला लोकनृत्य प्रतियोगिताका प्रथम,द्धितिय र तृतिय हुनले क्रमशः२५ हजार ,१२ हजार र ६ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पार्ने सचिवले बताउनुभयो । त्यसैगरी टोल स्तरीय प्रौढ फुटबल प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने टिमले क्रमश ः २५ हजार र १२ हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात हात पार्नेछन् । खुल्ला फुटबल प्रतियोगितामा सहभागि हुने टिमले धरौती सहित दश हजार रुपैयाँ र लोक नृत्यमा भाग लिने प्रतियोगिले दुई हजार ५०० सय रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने क्लबले जनाएको छ ।

टिमको नाम दर्ताका लागि कात्तिक ८ गते दिउँसो ३ बजेसम्म समय तोकिएको छ । सेमिफाइनलबाट बाहिरिने टिम र अनुशासित टिमले दश हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी,उत्कृष्ट गोल रक्षक ,सर्वाधिक गोलकर्ता ,उत्कृष्ट डिफेन्डर र उत्कृष्ट स्टाइगरलाई ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । दसैंको अवसरमा खेलप्रतिभाको पहिचान ,खेलकुद क्षेत्रको प्रवद्र्धन र विकास तथा सांस्कृतिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रम संचालन गर्न लागिएको क्लब अध्यक्ष खिमबहादुर पुनले बताउनुभयो । कार्यक्रमलाई भव्य र शान्तिपुर्ण वातावरणमा सफल बनाउन खेल संयोजकको जिम्मेवारी तन्डिन लामा,आर्थिक संयोजक निशान गुरुङ र मेला संयोजकको जिम्मेवारी बिमल शर्मालाई दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार