भिरबाट लडेर कांग्रेस वडा इकाइ सभापति सापकाेटाको मृत्यु

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५,पिपलबोटका तुलसीराम सापकोटाको भिरबाट लडेर मृत्यु भएको छ । बुधबार साँझ सोही वडाको धारा गाउँबाट घर आउने क्रममा लाम्मेलाको भिरबाट लडेर सापकाेटाकाे  मृत्यु भएको हो । कांग्रेस मंगला गाउँपालिका सचिव विरेन्द्र बुढाथोकीका अनुसार ,बुधबार साँझ करिब ६ बजेको समयमा अन्दाजी ६० वर्षिय सापकोटाको भिरबाट लडेर मृत्यु भएको हो । राति अबेरसम्म घर नआएपछि परिवार सहित स्थानीयले खोजी गर्दा विहिबार विहान बाटोदेखि करिब ५० मिटर तल मृत अवस्थामा सापकोटा फेला पर्नुभएको हो ।

‘बुधबार गाउँमा भाई गुठी बैठक सकेर घर फर्किने क्रममा तुलसीराम सापकोटा लाम्मेलाको भिरबाट लड्नुभएछ ,राति अबेर सम्म पनि घरमा नआएपछि परिवार र हामी स्थानीयले खोजी गर्दा टाउको फुटेर मृत अवस्थामा फेला पर्नुभएको छ ’, बुढाथोकीले भन्नुभयो । समाजसेवी सापकोटा कांग्रेस इकाइ सभापति हुनुहुन्थ्यो । सापकोटाका तीन छोरी र एक छोरा हुनुहुन्छ । कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजाले सापकोटाको मृत्युको खबरले मर्माहत बनाएको भन्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार