च्युरीबोटमा भलिबल प्रशिक्षण

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरीबोटमा भलिबल खेल प्रशिक्षण सुरु भएको छ । च्युरीबोट स्थित परिवर्तन युवा क्लबको आयोजना, म्याग्दी जिल्ला भलिबल संघको सहकार्य तथा समाजसेवी जीवन पुन मगरको आर्थिक सहयोगमा दश दिने प्रशिक्षण सुरु भएको हो । यहि कार्तिक ९ गतेदेखि सुरु भई १८ गतेसम्म  संचालन हुने प्रशिक्षणमा स्थानीय ३१ जना युवायुवतीहरुले भाग लिएका छन् ।

याे पनि‍‍‍‍‍‍‍…

च्युरीबोटमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुँदै

क्लबको वार्षिकोत्सव र शुभदिपावलीको अवसमा यहि कात्तिक १८ गतेदेखि २४ गतेसम्म संचालन हुने विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको पुर्वसन्ध्यामा प्रशिक्षण संचालन गरिएको क्लब अध्यक्ष थमबहादुर घर्ती (थमप्रकाश)ले बताउनुभयो । वडा अध्यक्ष  भेजेन्द्रमान पुनले प्रशिक्षणले खेलप्रतिभाको पहिचान र खेलाडीको व्यक्तीगत रुपमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तथा राष्ट्रिय भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँले भलिबल खेलको प्रवद्र्धन ,खेलप्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पु¥याउने बताउँदै प्रशिक्षणले पनि खेलाडीलाई ठुलो मदत पुग्ने बताउनुभयो । स्थानीय क्लब स्तरीय खेलकुद प्रतियोगितालाई म्याग्दी भलिबल संघले सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार