च्युरीबोटमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुँदै

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका –४,स्थित च्युरिबोटमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ ।च्युरीबोट स्थित परिवर्तन युवा क्लबको वार्षिकोत्सव र शुभदिपावलीको अवसरमा कात्तिक १८देखि २४ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको हो । क्लब सचिव मदन पुन मगरका अनुसार ,पुरुष भलिबल ,महिला भलिबल ,प्रौढ भलिबल ,तारो खेल ,अण्डानिसान प्रतियोगिता लगायत सांस्कृतिक कार्यक्रम संचालन हुनेछन् ।

प्रतियोगितामा पुरुष भलिबलमा प्रथम र द्धितिय हुनेले क्रमश ः ५५ हजार पाँच सय ५५ र ३० हजार तीन सय ३० रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने प्रौढ भलिबलका विजेता र उपविजेताले क्रमश २० हजार र १० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी महिला भलिबल प्रतियोगिताका विजेता र उपविजेताले क्रमश ः २५ हजार र १५ हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् । तारो खेलमा प्रथम र द्धितिय हुनेले क्रमश २० हजार र १० हजार मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव पुन मगरले बताउनुभयो ।

अण्डानिसानमा विजेताले एक हजार नगद सहित मेडल र प्रमाणपत्र पाउनेछन् । क्लबको वार्षिकोत्सव र शुभ दिपावलीको अवसरमा खेलकुद क्षेत्रको प्रवद्र्धन ,खेलप्रतिभाको पहिचान र स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको क्बल अध्यक्ष थमबहादुर घर्ती मगर (थमप्रकाश)ले बताउनुभयो । उहाँले प्रतियोगितालाई सफल बनाउन तयारी थालिएको बताउनुभयो । क्लब अध्यक्ष घर्तीले सबै क्लबलाई प्रतियोगितामा भाग लिएर सहयोग गर्न समेत आग्रह गर्नुभएको छ । क्लबको आयोजना र समाजसेवी जीवन पुनको सहयोगमा दश दिने कात्तिक ९ गतेदेखि प्रशिक्षण सुरु भएको छ । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष एवं राष्ट्रिय प्रशिक्षक तेजेन्द्र बानियाँले स्थानीय युवाहरुलाई प्रशिक्षण दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार