बेनीमा ‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट गर्बुजाको मृत्यु

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार साँझ धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ । बेनी नगरपालिका–८, पिपलचोक बस्ने रघुगंगा गाँउपालिका–१,बेगका २२ वर्षीय शुशिल गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो । साँझ ५:४५ बजेकाे समया  युवाहरुबीच झगडामा एक्कासी खुकुरीले छातीमा प्रहार भएपछि शुशिल गर्बुजा गम्भीर घाईते हुनुभएको थियो ।उहाँका अनुसार बेनीको न्युरोडमा युवाहरुको समुहले धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पतालमा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको टाउको र छातीमा चोट लागेको छ । थप दुई जना घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ । उनिहरुको पहिचान खुलेको छैन् । तीन जनालाई आठ दश जनाको समूहले चक्कु लगायत हतियार प्रहार गरेको स्थानीयबासीले बताएका छन् । घाइतेको उपचार, घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान कार्य एकै साथ भइरहेको र बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक कुमार गरुङले बताउनुभयो । झडपको कारण खुल्न सकेको छैन । घटनामा संलग्नको खोजी कार्यमा प्रहरी परिचालन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार