गंगागाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा.मल्ल सम्मानित

  म्याग्दी न्युज संवाददाता

बेनी । काठमाडौंको बाँसबारी स्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.रबी मल्ल सम्मानित हुनुभएको छ । डा.मल्ललाई कांग्रेस म्याग्दी–काठमाडौं सम्पर्क समितिले कार्यकारी निर्देशक जस्तो गरिमामय पदमा नियुक्त भएको भन्दै शनिबार एक कार्यक्रमका विच सम्मान गरेको हो । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले डा.मल्ललाई सम्मानपत्र प्रदान गर्नुभयो ।सांसद गर्बुजाले डा.मल्ल कार्यकारीकारी निर्देशक पदमा नियुक्त हुनु म्याग्दीका लागि मात्र नभई गर्वको कुरा भएको बताउनुभयो ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२,घर भई हाल काठमाडौं निवासी वरिष्ठ मुटुरोग विशेषज्ञ देशका विभिन्न विकट ठाउँमा गई गरिब असाहय व्यक्तीहरुलाई निरन्तर रुपमा सेवा प्रदान गर्दै आउनुभएका वरिष्ठ चिकित्सक प्रा.डा.रवी मल्ल शहिद गंगालाल राष्ट्रिय हृद्य केन्द्र बाँसबारीका कार्यकारी निर्देशक जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा सम्मान गरिएको सभापति चित्रबहादुर केसीले जानकारी दिनुभयो । सरकारले बुधबार शहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्त गरेको हो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार