एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्विरोध निर्वाचित हुँदै,उपाध्यक्ष ,सचीव र उपसचिवमा ८ जनाको उम्मेदवारी दर्ता

  म्याग्दी न्युज संवाददाता

बेनी। नेकपा एमाले म्याग्दीको दशौं जिल्ला अधिवेशनको बन्दसत्र बेनीमा जारी छ ।शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा आइतबार अध्यक्ष पदमा एक जनाको मात्र उम्मेदवारी दर्ता भएको छ भने अन्य पदाधिकारीमा आठ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्ष पदमा बालकृष्ण सुवेदीको मात्र उम्मेदवारी दर्ता भएको हो । एकल उम्मेदवारी दर्ता भएपछि सुवेदी निर्विरोध अध्यक्ष बन्ने निश्चित छ । अध्यक्ष पदमा सर्वसम्मत सहमति जुटेपनि अन्य पदाधिकारीमा भने सहमत जुट्न सकेको छैन । गण्डकी प्रदेश पार्टी कमिटी अध्यक्ष नवराज शर्मा लगायतको अध्यक्ष मण्डलले सहमतिमा नेतृत्व सहित सबै पदाधिकारी टुङ्गो लगाउन छलफल थालेको थियो ।

`अहिलेसम्म अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष बालकृष्ण सुवेदीले मात्र उम्मेदवारी दर्ता गर्नुभएको र उहाँ नै निर्विरोध अध्यक्ष निश्चित भएपनि आधिकारिक रुपमा घोषणा गर्न मात्र बाँकी छ ।अन्य उपाध्यक्ष ,सचीव र उपसचिव  पदका लागी भएको लामो छलफल र प्रयास असफल भएपछि निर्वाचन प्रक्रियामा गएको हो,यद्यपि सहमतिको प्रयास जारी छ ´एक नेताले भन्नुभयो ।

उपाध्यक्षमा २ ,सचिवमा २ र उपसचिवमा दुई पदका लागी चार जनाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।उपाध्यक्षमा निवर्तमान प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ र बेनी नगरपालिका मेयर सुरत केसीले उम्मेदवारी दर्ता गर्नुभएको छ । केसी निवर्तमान सचीव समेत हुनुहुन्छ ।

सचीवमा निवर्तमान उपसचिव तथा निवर्तमान धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन र रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष प्रेमबहादुर कार्की( दिपक बिखर्ची )तथा उपसचिवमा रामप्रसाद सुवेदी ,खड्ग गिरी ,बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी र मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उम्मेदवारी दर्ता गर्नुभएको प्रमुख अधिकृत बिवश क्षेत्रीले जानकारी दिनुभयो । शनिबार रातिदेखिको छलफलमा अध्यक्ष लगायत सबै पदाधिकारी चयन गर्न गरेको सहमतिको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियामा गएको हो । अन्य केहि पदमा पनि निर्वाचन हुने देखीएको छ । उम्मेदवारी फिर्ता लिने समय चार बजेसम्म तोकिएको छ ।अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधि सहभागी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार