प्रविधि र सीप सँगसँगै केवि एकेडेमीमा आइटि क्लासको तयारी (तस्बिरहरू)

  म्याग्दी न्युज संवाददाता

दरबाङ ।पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङमा अवस्थित के.वि एकेडेमी एण्ड मन्टेश्वरी होम्सले आइटि क्लास संचालनका साथै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानका लागि तरकारी खेती लगाएत विभिन्न प्रयोगात्मक कार्यहरुको तयारी सुरु गरेको छ ।विद्यार्थी र अभिभावकको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालयले २० प्रतिशत छुटमा स्वास्थ्य जाँच तथा उपचार गर्न पाउनेगरी दरबाङ स्थित दरबाङ पोलिक्लिनिकसँग सम्झौता गरिसकेको छ । त्यसैगरी विद्यार्थी र अभिभावकलाई यातायातमा छुट दिनाउन यातायात व्यवसायीसँग सम्झौता गर्न लागिएको विद्यालयको संचालक तथा प्रवन्ध निर्देशक हिरा पुनले बताउनुभएको छ ।

प्रि–प्राइमरी लेभल ९मन्टेश्वरी० को लागि छुट्टै ब्लक रहेको यस विद्यालयमा आगामी शैक्षिक वर्षदेखि आइटि क्लासको समेत तयारी सुरु भएको छ ।अहिलेको समय सूचना प्रविधिको समय भएकोले विद्यालय तहमा नै विद्यार्थीहरुलाई सूचना प्रविधिमा पोख्त बनाएर पठाउने उद्धेश्य सहित आइटि क्लासको तयारी गरिएको प्रवन्ध निर्देशक पुनले बताउनुभयो ।

त्यसैगरी पश्चिम म्याग्दीका विभिन्न गाउँहरुमा कृषि र पर्यटनको समेत प्रशस्त सम्भावना रहेकोले विद्यालय तह देखि नै यी क्षेत्रहरुको बारेमा जानकारी दिन विद्यालयकै जग्गामा तरकारी खेती र नर्सरी स्थापनाको काम पनि अघि बढाइने उहाँले बताउनुभयो । त्यसैगरी पर्यटकीय स्थलहरुको जानकारी,होमस्टे (घरबास सेवा) को महत्व लगाएतका विषयहरुमा पनि विद्यार्थीहरुलाई सिकाउन सुरु गरिएको उहाँको भनाइरहेको छ ।विद्यालयका प्रिन्सिपल बिमल शर्माका अनुसार बालमनोविज्ञानलाई ध्यान दिँदै प्रि पाइमेरी तहदेखि नै नयाँ व्यवस्थापन र पूर्वाधार सहित कक्षा संचालन भैरहेको र आगामी शैक्षिक वर्षमा अझै व्यवस्थित गर्नका लागि तयारी सुरु भैसकेको छ । त्यसैगरी आगामी शैक्षिक वर्ष ९वैशाख० देखि कम्प्यूटर सिक्न चाहने अभिभावकहरुलाई पनि हरेक शुक्रवार कम्प्यूटर कक्षा संचालन गरिनेभएको छ ।

प्री प्राइमेरी ब्लकमा क्यान्टीन, खेलमैदान र प्रि–प्राइमरी विद्यालय प्रशासन पनि रहेको छ । १२ महिना घाम लाग्ने, उज्यालोको राम्रो व्यवस्था भएको कक्षा कोठाहरु पनि सजिएको र भुईमा म्याटसहितको कार्पेटिङ गरिएको छ । बालबालिकाहरुलाई पौष्टिकताले युक्त आग्र्यानिक खाजा,खेल्नका लागि फलामे पिङ, स्प्रिङ जम्पिङ लगाएतका साधनहरु जोडिएको छ । आ–आफ्नै शैक्षिक सामाग्री, दैनिक उपभोग्य सामान र जुत्ता राख्ने ¥याक समेत छुट्टाछुट्टै राखिएको छ ।त्यस्तै विद्यालयले गत बुधबार सरस्वती पूजाका दिन विद्यार्थीहरुका लागि निःशुल्क भर्ना लिएको छ । एकैदिन सोचेभन्दा बढी बालबालिकाहरु भर्ना भएका प्रिन्सिपल शर्माले बताउनुभयो ।के.वि एकेडेमी शैक्षिक गुणस्तरमा अब्बल मात्र नभएर इसिए र सिसिएमा पनि विद्यालयले उत्कृष्टता प्राप्त गर्दै आएको छ । यस विद्यालयमा अहिले पिजीदेखि कक्षा १० सम्म चारसय भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका विद्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार