११४औं अन्तर्राष्ट्रिय नारी दिवस : अनेमसंघ म्याग्दीको बेनीमा कार्यक्रम

  म्याग्दी न्युज संवाददाता

बेनी । नेकपा एमालेनिकट महिलाहरु आबद्ध अखिल नेपाल महिला संघ म्याग्दीको आयोजनामा बिहीबार सदरमुकाम बेनीमा कार्यक्रम सम्पन्न भएको छ । ‘समान सहभागिता र सशक्तिकरणका लागि महिलामा लगानी’ भन्ने मूल नारासहित ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अनेमसंघका केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज नरदेवी पुनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस जस्ता कार्यक्रमहरुले महिलाहरुको सशक्तिकरणमा सहयोग पु¥याएको बताउनुभयो । नेकपा एमालेको केन्द्रीय सदस्य एवं म्याग्दीका पालिकाहरुको इन्चार्ज समेत रहनुभएकी सचिव पुनले महिलाहरुले राजनीति र समाजसेवा बुझेर आफ्नो हक अधिकारको बारेमा वकालत गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अनेमसंघका केन्द्रीय सदस्य थमसरा पुनले श्रमिक महिला दिवसको इतिहास, बेनी अस्पतालका निमित्त प्रमुख डाक्टर अन्जु थापाले महिलाहरुको स्वास्थ्यसँग सम्बन्धित मानसिक रोगलगायत विभिन्न स्वास्थ्य समस्याहरु र जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक कुमार गुरुङले साईबर अपराध लगायतका विविध विषयहरुमा आ–आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य खुमबहादुर बानियाँ, क्युपेक नेपालका केन्द्रीय महिला विभाग सचिव बलादेवी राई र जिफन्ट म्याग्दीका अध्यक्ष राजकुमार राईले मन्तव्य व्यक्त गर्नुभएको थियो । अनेमसंघ म्याग्दीका अध्यक्ष यशोदा रोकाको अध्यक्षता, उपाध्यक्ष पशुपति शाहीको स्वागत र सचिव विष्णु गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको अवसर पारेर महिला र बालबालिकाहरुमाथि भैरहेका विभिन्न प्रकृतिका हिंसाहरुमा संलग्नहरुको खोजी गरी कडा कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व महिलाहरु सहभागी ¥यालीले प्लेकार्डसहित विभिन्न नाराहरु लगाउँदै जिल्ला सदरमुकाममा प्रभातफेरी ¥यालीसहित बजारको परिक्रमा गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार