वडा नम्बर ४ लाई जलजला गाउँपालिका अध्यक्ष कपको उपाधि

  म्याग्दी न्युज संवाददाता

बेनी ।पर्वतको जलजला गाउँपालिकाले संचालन गरेको वडास्तरीय दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ फड्केढुङ्गाले जितेको छ ।वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा सोमबार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर ७ धाईरिङलाई पराजित गर्दै वडा नम्बर ४ ले प्रथम पुरस्कार एकलाख एकहजार एकसय ११ रुपियाँ, ट्रफी मेडल र प्रमाणपत्र हात पा¥यो।

त्यस्तै प्रतियोगितामा उपबिजेता वडा नम्बर ७ धाइरिङले पचास हजार पाँचसय ५५ रुपियाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त ग¥यौं । तृतीय स्थान हासिल गरेको वडा नम्बर २ ले ३० हजार ३ सय ३३ रुपियाँ र सान्त्वना भएको वडा नम्बर १ ले दश हजार एकसय ११ रुपियाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम,द्धितीय,तृतीय र सान्त्वना हुने वडा र खेलाडीहरुलाई गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य,वडाध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले नगद पुरस्कार,ट्रफी,मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगितामा नौ वटै वडाबाट खेलाडीहरुले सहभागिता जनाएका थिए । सहभागी स्वरुप अन्य पाँचवटा वडाहरुलाई पाँचहजार ५५ रुपियाँका दरले सहभागी भत्ता प्रदान गरिएको छ ।

प्रतियोगिताको समापन गर्नुहुँदै पालिका उपाध्यक्ष आचार्यले खेलाडीहरुको क्षमता विकास र खेलाडी उत्पादनमा प्रतियोगिताले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । आगमी दिनमा अध्यक्ष कप प्रतियोगितालाई अझै प्रभावकारी रुपमा संचालन गरिने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।प्रतियोगिताको शनिबार जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले उद्घाटन गर्नुभएको थियो । जलजला खोलाखेत युवा क्लबले दोस्रो महाशिवरात्री मेलाको समेत आयोजना गरेको थियो । युवा क्लब र स्थानीय आमा समुहले अध्यक्ष कप प्रतियोगिताको व्यवस्थापन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार