अन्नपुर्णको नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५,पाउद्धार स्थित नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।वडा सदस्य पुर्ण पाइजाका अनुसार,पोखरेबरदेखि पाउद्धार जाने क्रममा आइतबार राती करिब १० बजेको समय ग १ ज ७६५३ नम्बरको बोलेरोे जीप दुर्घटना हुँदा अन्दाजी २७ वर्षिय लालबहादुर तिलिजा र अन्दाजी ३७ वर्षिय सवारीधनी गणेश श्रेष्ठको मृत्यु भएको हो ।

जीप सडकदेखि करिब दुई सय  मिटर तल खोँचमा अड्किएको छ । मृतक लालबहादुर सोही पाउद्धार गाउँको स्थानीय हुनुहुन्छ भने मुस्ताङका श्रेष्ठ पनि केही वर्ष अघिदेखि पाउद्धारमा बस्दै आउनुभएको थियो ।आइतबार साँझ नै पाउद्वार गाउँ पुग्नुपर्ने जिप रातिसम्म नपुगेपछि सोमबार बिहान खोजी गर्दा करिब ८ बजेकाे समयमा  दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । अहिले प्रहरी घटनास्थलमा पुगेको छ । बिहान ९ बजे जीप दुर्घटना भएको भन्ने खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।भुरुङ्ग तातोपानीबाट प्रहरीको टोली घटनास्थल पुगेर शव संकलन, पहिचान र अनुसन्धान थालेको जिप्रका म्याग्दीले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार