एमाले मल्कबाङ वडा कमिटी अध्यक्ष परियार सहित ८ जना कांग्रेस प्रवेश

  म्याग्दी न्युज संवाददाता

बेनी । नेकपा एमाले धवलागिरी गाउँपालिका–५,मल्कबाङ वडा कमिटि अध्यक्ष घनबहादुर परियार सहित आठ जना नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । एमाले परित्याग गरेर वडा कमिटिका अध्यक्ष परियार सहित अन्य पदाधिकारी र सदस्यहरु सोमबार कांग्रेस प्रवेश गर्नुभएको हो ।

बेनी स्थित जिल्ला पार्टी कार्यालयमा अध्यक्ष परियार सहित भीमबहादुर श्रीपाली,लालबहादुर श्रीपाली ,सुन्दर घर्ती,बोमबहादुर श्रीपाली ,देबेन्द्र श्रीपाली ,याम बहादुर श्रीपाली र बुद्धीबहादुर श्रीपाली कांग्रेस प्रवेश गर्नुभएको हो ।

पार्टी प्रवेश आयोजित कार्यक्रममा कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले परियार सहित आठ जनालाई स्वागत गर्दै पार्टी सदस्यतापत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल तरुणदल केन्द्रिय सदस्य एवं नेता मुकुन छन्त्याल,कांग्रेस धवलागिरी गाउँपालिका सभापति तथा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन ,कांग्रेस नेतृ मनकुमारी बिसि, वडा अध्यक्ष अमर छन्त्याल ,वडा सदस्य भक्त छन्त्याल लगायत नेताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार