बेनीदेखि घोडेपानी जाँदै गरेको बस दुर्घटना हुँदा २७ जना घाइते

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।म्याग्दीको बेनी–गलेश्वर सडकखण्ड अन्तर्गत जलेश्वर नजीकै भएको बस दुर्घटनामा २७ जना घाईते भएका छन् । म्याग्दी सदरमुकाम बेनीबाट अन्नपूर्ण गाउँपालिका–६ ,घोडेपानीका लागि छुटेका ग १ ख ५६५५ नम्बरकोे बस शुक्रवार अपरान्न दुर्घटना हुँदा चालकसहित २७ जना घाइते भएका हुन् ।

सदरमुकाम बेनीदेखि छुटेको बस करिब एक किलोमिटर अगाडी पुगेर दुर्घटनामा परेको थियो । दुर्घटनमा घाइते भएका मध्ये चार जनालाई थप उपचारको लागि पोखरा पठाईएको र अन्यको बेनी अस्पतालमा नै उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कुमार गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सडकबाट डिलतर्फ मोडिन लागेको बसलाई चालकले कुनातर्फ मोड्न खोज्दा बस कुनातर्फको पहाडमा ठोक्कीन पुगेको देखिएको र थप अनुसंधान भैरहेको छ । दुर्घटनामा परेकाहरुको सुरक्षाकर्मी,यातायात व्यवसायी र सर्वसाधारणले उद्धार गरेर अस्पताल पु¥याएका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार