युकेमा मोना शुभकामना साँझ हुँदै,कार्यक्रममा सहभागी हुन नेशन पुन सहित तीन कलाकार आइपुगे

  म्याग्दी न्युज संवाददाता

लन्डन। सयुंक्त अधिराज्य (बेलायत)युकेमा शुभकामना साँझ कार्यक्रम संचालन हुने भएको छ । नेपाली नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा सामाजिक संस्था मोना युकेको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । सोही कार्यक्रममा सहभागी हुन नेपालबाट चर्चित कलाकारहरु दिपा गुरुङ, ललिता पहरे पुन र नेशन पुन आइतबार यूके आइपुग्नुभएको छ ।

म्याग्दी संगठन (मोना) युके सांस्कृतिक सचिव नुनु पाइजा मगरका अनुसार ,कलाकारहरुलाई हिथ्रो एयरपोर्टमा संस्थाका वरिष्ठ उपाध्यक्ष एवं शुभकामना साँझ कार्यक्रम संयोजक लालु पुनलगायत पदाधिकारी,सदस्यहरुले खादासहित स्वागत सहित सम्मान गर्नुभएको थियो। भने  बेलायतकाे  अल्डसर्ट स्थित ठमेल रेष्टुरेण्टमा मोना युकेका अध्यक्ष कुमार फगामी लगायत पदाधिकारीहरु,लोकदोहोरी प्रतिष्ठान युकेका निवर्तमान अध्यक्ष टंक शेरचन र सोही प्रतिष्ठानका सचिव रत्न शाही ,मोना युकेका सल्लाहकारहरु लगायतले कलाकारहरुलाई स्वागत सहित भव्य सम्मान गर्नुभएको थियो ।

मोना युकेका मिडिया सचिव बागबिर चोचाङ्गे पुन मगरका अनुसार,अप्रिल १३ तारिखमा युकेको फानबोरोस्थित साम्युयल कोडी स्कुलमा सञ्चालन शुभकामना साँझ कार्यक्रममा तीन जना कलाकारहरुको प्रस्तुती रहने छ । शुभकामना साँझलाई भव्य रुपमा सफल बनाउन आन्तरिक तथा बाह्य तयारी सहित प्रचारप्रसारलाई तिब्रता दिइएको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न मोना युकेका अध्यक्ष फगामीले सबैलाई आग्रह गर्नुभएको छ ।यसैगरी कार्यक्रममा धौलागिरी नौमती बाजा समुह, सोरठीलगायत साँस्कृतिक कार्यक्रमहरु रहने आयोजकले जनाएको छ । मोना युकेले नेपाली नयाँ वर्ष हरेक साल विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।कार्यक्रमले युेकमा रहेका म्याग्दीलीविच भावनात्मक एकता बनाउन र नेपाली कला संस्कृति प्रचारप्रसारमा सघाउ पु¥याउने विश्वास गरिएको अध्यक्ष फगामीको भनाइ छ । सोही अवसरमा चिठ्ठा थुत्ने कार्यक्रम समेत आयोजना गरिएको छ । सो कार्यक्रममा प्रथम,द्धितिय र तृतिय हुनेले पुरस्कार स्वरुप सुन उपहार पाउनेछन् । भने सान्त्वना हुनेले नगद पुरस्कार पाउनेछन् । मोना युकेले गृहजिल्ला म्याग्दीमा शिक्षा,स्वास्थ्य लगायत विभिन्न सामाजिक क्षेत्रको विकासका लागि सहयोग पु¥याउँदै आएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार