सुर्यमुखी युवा क्लबको अध्यक्षमा बुढाथोकी

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–५,घरथोक स्थित सामाजिक क्रियाकलापमा सक्रिय संस्था सुर्यमुखी युवा क्लबको अध्यक्षमा विनोद बुढाथोकी चयन हुनुभएको छ । सल्लाहकार समिति संयोजक बालकुमार फगामीका अनुसार,क्लबको छैठौं अधिवेशनबाट अध्यक्षमा बुढाथोकी सहित उपाध्यक्षमा तारकबहादुर घर्ती ,सचिवमा अनुप घर्ती ,सहसचिवमा भवना घर्ती ,कोषाध्यक्षमा शुमा पुन चयन हुनुभको छ ।

९ कार्यसमिति सदस्यीय कार्यसमिति सदस्यहरुमा केशव घर्ती,नविना पुन ,विनेश पुन र यज्ञ बुढा रहनुभएको छ । यसैगरी संयोजक फगामी गठित सल्लाहकार सदस्यहरुमा नरबहादुर घर्ती र पविता पुन मगर रहनुभएको छ । समाज परिवर्तनका लागि युवा एकता भन्ने मुल नारा सहित वि.सं.२०६८ सालमा स्थापना भइ २०७४ सालमा दर्ता भएको क्लबले गाउँमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार