जलजलामा दुईदिने क्षमता अभिवृद्धी तालिम

  म्याग्दी न्युज संवाददाता

पर्वत ।म्याग्दीको बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधि,कर्मचारी र टोल विकास संस्थाका प्रतिनिधिहरुको क्षमता अभिवृद्धिका लागि तालिम दिन थालिएको छ ।तालिममा गाउँपालिका अध्यक्ष राजु आचार्य, उपाध्यक्ष, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुखप्रशासकीय अधिकृत, सामाजिकविकास शाखाका कर्मचारी, वडा सचिवहरु त्था पालिकाभित्रका ९ वटाटोल विकास संस्थाका संयोजक र सह संयोजक तथा सामाजिक परिचालकहरु समेत गरी ५२ जना सहभागी छन् ।

वस्ती तहमा सामाजिक काम गर्ने साझा संस्थाको रुपमा स्थापित टोल विकास संस्थाहरु मार्फत गाउँपालिकाले संञ्चालन गरेका सामाजिक विकासका कार्यक्रमहरु प्रभावकारी कार्यान्ययन गराउने उद्देश्यले यस्तो तालिम आयोजना गरिएको जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यले बताउनुभयाे ।बुधवारदेखी सुरु भएको तालिममा पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखा टोल विकास संस्था हेर्ने फोकल पर्सन रविन्द्र अधिकारी र सोही कार्यालयकी सामाजिक परिचालन फोकल पर्सन इन्दीरा न्यौपानेले सहहजीकरण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र आचार्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार