जन्मदिनमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठद्धारा सामाजिक संघ संस्थालाई आर्थिक सहयोग

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गरेर जन्मदिन मनाउनु भएको छ । बेनी नगरपालिका–७ ,संगमचोक निवासी समाजसेवी  श्रेष्ठले जन्मदिनको अवसरमा बिहिबार मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि २५ हजार रुपैयाँ र चितवनको भरतपुर महानगरपालिका–१२,नौरङगेमा अनाथ बालबालिका संरक्षण तथा आवास केन्द्र (साहाराको घर)लाई ५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

सम्बन्धीत संघको खातामा रकम जम्मा गरिदिनुभएको छ । जन्मदिन मनाउदा हुने अनावश्यक खर्चलाई बचत गरेर श्रेष्ठले सामाजिक संघ संस्थालाई सहयोग गर्नुभएको हो । श्रेष्ठले यसअघिको जन्मदिनका अवसरमा पनि विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गर्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार