नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीको अध्यक्षमा रिजाल

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाल लघुवित्त बैंकर्स संघ जिल्ला समन्वय समितिको अध्यक्षमा टिकाराम रिजाल चयन हुनुभएको छ । शनिबार बेनी स्थित शिखर होटलमा सम्पन्न प्रथम वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनबाट अध्यक्ष पदमा रिजाल सर्वसम्मत चयन हुनुभएको हो । समितिको संयोजकमा अजय कोइराला ,उपाध्यक्षमा चाम प्रसाद धमाला,सचिवमा अमृत सुर्खाली ,सहसचिवमा प्रतीक गोराथोकी र कोषाध्यक्षमा प्रमिला श्रेष्ठ चयन हुनुभएको निवर्तमान अध्यक्ष लक्षमण पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार,सदस्यहरुमा बिमला खत्री, सुजता खत्री चोखाल, गिता पौडेल,शान्ता सुनार र सम्झना सुनार रहनुभएको छ । नयाँ कार्यसमितिका अध्यक्ष र पदाधिकारीहरुलाई निवर्तमान अध्यक्ष पाठकले बधाई सहित सफल कार्यालको शुभकामना व्यक्त गर्नुभयो । निवर्तमान सचिव रिजालले सन्चालन ,उपाध्यक्ष संगित क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएकाे कार्यक्रममा संयाेजक काेइरालाले बाेल्नुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार