भकिम्लीमा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली हाडेखानी डाँडामा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । स्थानीय युवा दिपक पुन मगरका अनुसार ,बुधबार दिउँसो करिब तीन बजेको समयमा जंगलबाट दाउरा लिएर फर्किदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । ब १ त ६९४२ ट्याक्टर सडकदेखि करिब चार सय मिटर तल खसेको छ ।

घाइते हुनेहरुमा चालक कृष्ण किसान सहित सवार अन्य रोहित पुन,लाल बहादुर छन्त्याल,विजय किसान र पवन पुन रहनुभएको छ । घाइतेहरू मध्ये चालक किसान र विजय किसान साेही नगरपालिका वडा  नम्बर ६ डम्मराका हुनुहुन्छ भने अन्य तीन जना स्थानीय साेही वडाका  हुनुहुन्छ । घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि बेनी अस्पताल ल्याइएकाे छ ।अहिले उनिहरूकाे उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएकाे छ । उनिहरूकाे स्वास्थ्य अवस्था मध्यम रहेकाे छ । टाउकाे ,नाक सहित शरिरका विभिन्न भागमा चाेट लागेकाे छ ।  ट्याक्टर टुक्रा/टुक्रा अवस्थामा फेला परेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार