जिल्ला बाल सञ्जाल म्याग्दीको अध्यक्षमा भण्डारी (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । जिल्ला बाल सञ्जाल म्याग्दीको अध्यक्षमा रेजिना भण्डारी चयन हुनुभएको छ । शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न दोस्रो जिल्ला बाल भेलाबाट सञ्जालको अध्यक्ष पदमा मुक्तिधाम माविकी भण्डारी सर्वसम्मत चयन हुनुभएको हो । उपाध्यक्षमा मङ्गला माविकी प्रजिता खत्री,सचिवमा लिटिल गार्डेनकी मुस्कान भण्डारी ,कोषाध्यक्षमा प्रभा माविकी पद्मा फगामी र सहसचिवमा जनप्रिय माविकी रश्मि जैसी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा  अभिषेक पाैडेल , निशा पुन ,एल्सन खड्का,उसा सिर्पाली,अश्मि खड्का र डिपी आचार्य चयन हुनुभएको छ ।

सामाजिक विकास कार्यालय म्याग्दीको आयोजना र जिल्ला बाल अधिकार समिति,रिक म्याग्दीको समन्वयमा जिल्ला बाल सञ्जाल पुनर्गठन   सँगै पदाधिकारीहरुलाई बालअधिकार तथा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण गराइएको छ ।सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले कार्यक्रमका बारेमा प्रकाश पार्दै बालबालिकाको सवालहरुलाई सम्बन्धीत सरोकारवाला निकायहरुमा पु¥यानका लागि सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने  बताउनुभयो । उहाँले आवश्यक सहजीकरण तथा सहयोग पनि कार्यालयले गर्ने बताउनुभयो । सञ्जाल अध्यक्ष भण्डारीले बालबालिकाको हकअधिकार थप व्यवहारिक रुपमा कार्यान्वयन गराउन भुमिका खेल्ने बताउनुभयो ।

विहिबारदेखि सञ्चालित कार्यक्रमको जिल्ला समन्वय समिति म्याग्दीकी उपप्रमुख डिलकुमारी खत्रीले उद्घाटन गर्नुभएको थियो । जिल्ला बाल सञ्जाल म्याग्दीका निवर्तमान उपाध्यक्ष सुमन विश्वकर्माको अध्यक्षता , सामाजिक विकास कर्यालयका नायव सुब्बा गोविन्द पुनकाे सञ्चालन र जिल्ला बाल अधिकार समितिका अध्यक्ष कोमलप्रसाद उपाध्यायले स्वागत मन्तव्य राख्नुभएको थियो ।बेनी नगर उपप्रमुख ज्योती लामिछाने ,सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्त लगायतले बोल्नुभएको थियो । भने गैसस महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेल पौडेल ,मुक्ति ढुङ्गाना र ज्ञानु आचार्यले सहजीकरण गर्नुभएको थियो । दोस्रो जिल्ला बाल भेलाले १२ बुँदे घोषणापत्र जारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार