आमाको स्मृतिमा पुस्तक सौजन्य

  म्याग्दी न्युज संवाददाता

बेनी । स्वर्गीय आमा किर्तमाया पुनमगरको स्मृतिमा बैज्ञानिक डा। महावीर पुन, मेजन पुन द्धारा लिखित आत्मकथा, धौलाश्री र मगरचलचित्र नामक पुस्तक म्याग्दी जिल्लाका विद्यालयहरु र संघसंस्थाहरुमा हस्तान्तरण गरिएको छ । मंगला गाउँपालिका वडा नम्बर १, भर्जुला हाल अष्ट्रेलिया निवासी छोरी शान्ता पाइजा, ज्वाई मनिष पाइजा र मगर समाज अष्ट्रेलियाको आर्थिक सहयोग र सक्रियतामा उक्त किताबहरु सौजन्य भएको हो ।

विदेशमा रहेर आर्जन गरेको धन केही मात्रा भएपनि आफ्नो जन्मभूमीमा सहयोग गरौं र उक्त सहयोगले विद्यालयको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको हो । जुन विद्यालयमा आर्थिक अभाव भएको कारण पुस्तक खरिद गर्न नसकिएको तर पढ्न चाहना तिब्र भएको र थोरै भएपनि आफ्नै देशमा सहयोग होस् भन्ने उद्देश्यले यो सहयोग विद्यालय र संघसंस्थाहरुमा सौजन्य गरिएको सहयोगदाताहरूको भनाइ छ ।

म्याग्दी जिल्ला मगरहरुको अत्याधिक बाहुल्यता भएको र विभिन्न कारणहरुले पछाडी परेको र पारिएकोले पनि यहाँको प्रायजसो मगरहरु शिक्षाबाट पछि परेको र मगर र संस्कृति पनि लोप हुदै गएकोले पनि मगर चलचित्र पुस्तक पनि सँगसँग वितरण गरिएको कुरा मगर चलचित्र पुस्तकका लेखक मेजन पुनले बताउनुभयो । म्याग्दी जिल्लामा धेरै विद्यालयहरु भएतापनि पुस्तक संख्या न्युन भएकाले जुन विद्यालयमा आर्थिक अभाव र पुस्तक पढ्नबाट बञ्चित भएको विद्यालयहरु छन् ति विद्यालय चयन गरि पुस्तक हस्तान्तरण गरिएको कुरा प्रतिनिधि साजन चोचाङ्गी पुन मगरले बताउनुभयो । हाल वितरण गरिएका पुस्तकहरु न्युन भएकाले चाहेजति र आवश्यक विद्यालयहरुमा पुस्तक पु¥याउन सकिएको छैन आगामी दिनमा अन्य स्रोतबाट आर्थिक सहयोग संकलन गरि पुस्तक वितरण गरिने कुरा म्याग्दी समाज अष्ट्रेलियाले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार