बेनी । म्याग्दीको मालिका गाउँपालिका -५, पन्थोक स्थित भीम माविको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । आइतबार सम्पन्न भेलाबाट विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पुनः सुवेदार दिलबहादुर पुन सर्वसम्मत चयन हुनुभएको प्रअ दम्बरबहादुर घर्ती मगरले जानकारी दिनुभयो । प्रअ घर्ती मगरका अनुसार सदस्यहरुमा टंक पुन , रेखा पुर्जा ,भावना पुन ,नेत्र घर्ती ,दरिमा घर्ती ,भक्तबहादुर पुन लगायत चयन हुनुभएको छ ।
यस अघिको कार्यकालमा कक्षा ११ र १२ संचालन ,विद्यालयमा अक्षयकोष स्थापना ,सरकार र विभिन्न संघसंस्थाको सहयोगमा विज्ञान प्रयोगशाला स्थापना ,भवन निर्माण , भवन सहितको पुस्तकालय स्थापना लगायत भौतिक पुर्वाधार संरचना निर्माण गरिएको अध्यक्ष सुवेदार पुनले बताउनुभयो। आगामी दिनमा थप विद्यालय शिक्षाको विकास र सुधारका लागी काम गर्ने उहाँको भनाइ छ ।विद्यालयमा करिब दुई सय ४६ विद्यार्थी अध्ययनरत छन् ।