जीवन कुँवरको ‘घर त मेरो म्याग्दी पुलाचौर’ पञ्चेबाजा गीत सार्वजनिक (भिडिओ)

म्याग्दी । म्याग्दीका लोक दोहोरी गायक जीवन कुँवरको पञ्चे बाजामा आधारित लोक दोहोरी गीत ‘घर त मेरो म्याग्दी पुलाचौर’ सार्वजनिक भएको छ ।बेनी नगरपालिका–५, चिप्लेटीका गायक कुँवरको शब्द,लय र स्वर रहेकोे नयाँ गीतको म्युजिक भिडियो कुँवरको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा गायक कुँवर संगै गायीका पवित्रा थापाको स्वर रहेको छ । गीतको म्यूजिक भिडियोमा म्याग्दीका कलाकार राजकुमार परियार र रिया मगरले अभिनय गरेका छन् ।

https://youtu.be/eTueHAMCCFs

‘घर त मेरो म्याग्दी पुलाचौर’ पञ्चेबाजा गीतको म्युजिक भिडियो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष तथा लोक दोहोरी गायक ध्रुब जिसीले निर्देशन गर्नुभएको छ । गीतको भिडियो चिप्लेटी, पुलाचौर, बेनी, गलेश्वर लगायतका स्थानमा छायांकन गरिएको छ । किरण कार्की र दिप्सन खड्काले छायाँकन गर्नुभएको हो । गीतको शव्द तथा भिडियोमा समेत जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुलाई समेटिएको छ ।मौलिक लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्य अनुरुप पञ्चेबाजाको गीत तयार गरिएको गायक कुँवरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार