धवलागिरी गाउँपालिकामा ४३ करोड २७ लाख बजेट पारित

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि रु ४३ करोड बढीको बजेट पारित गरेको छ । शुक्रवार गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न २२ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको रु ४३ करोड२७ लाख ६८ हजार बराबरको बजेट छलफल पछि सर्वसम्मत रुपमा पािरत भएको हो ।

बजेटमा संघीय सरकारबाट प्राप्त हुने रु ३८ करोड ५५ लाख, प्रदेश सरकारबाट प्राप्त हुने रु २ करोड २ लाख ६ हजार, आन्तरिक आयतर्फबाट रु ४० लाख र चालु आर्थिक बर्षमा खर्च हुन बाँकी रहन आउने रु १ करोड ५० लाख नगद मौज्दातलाई स्रोत अनुमान गरिएको छ ।


आगामी आर्थिक बर्षका लागि गाउँपालिकाले सबैभन्दा ठूलो योजनाको रुपमा लुलाङ–गुर्जा सडकलाई रु एक करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक बर्षमा समेत संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा अघि बढाइएको सो आयोजनालाई क्रमागत रुपमा सम्पन्न गराउन गाउँपालिकाले गौरवको आयोजनाको रुपमा उक्त योजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको जनाएको छ ।

गाउँसभाबाट पूर्वाधार विकासतर्फ रु ८ करोड ७२ लाख ७० हजार, आर्थिक विकास तर्फ रु ४७ लाख, ६० हजार, सामाजिक विकासतर्फ रु ३ करोड ३९ लाख ३४ हजार, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ रु ६९ लाख ३६ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ १० करोड ९ लाख १ हजार विनियोजन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार