एसईई नतिजा : समग्रमा लिटलगार्डेन र सामुदायिकतर्फ प्रकाश मावि पहिलो

  म्याग्दी न्युज संवाददाता

बेनी । विहिबार विहान प्रकाशित माध्यामिक शिक्षा परीक्षा (एसईई)को परिक्षाफलमा जिल्ला भरका विद्यालयहरुमध्य सदरमुकम बेनीको संस्थागत लिटलगार्डेन एकेडमीकी विदिक्षा सुवेदी जिल्ला प्रथम हुनुभएको छ। सुवेदीले ३.८६ जिपिए अङ्क प्राप्त गर्नुभयो।

त्यसैगरी जिल्लाका सामुदायीक विद्यालयहरुमा भने सदरमुकाम बेनीकै प्रकाश माविका सुधन घिमिरे सामुदायीक तर्फ पहिलो र जिल्ला भरमा दोस्रो बन्नुभइको छ । घिमिरेले ३.८३ जिपिए अङ्क ल्याउनुभएको छ । त्यस्तै प्रकाश माविकी सुजना श्रेष्ठले ३.७९ जिपिए अङ्क ल्याएर छात्रा तर्फ जिल्ला पहिलो बन्नुभएको छ ।परिक्षाफलमा जिल्ला प्रथम र दोस्रो भएको दावी त विद्यालयहरूले गरेका हुन्। जिल्लाका परिक्षा हेर्ने शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तहहरूले स्वतन्त्र निकायले पुष्टी गरिसकेका छैनन् ।

याे पनि…

एसईई नतिजा : म्याग्दीमा ६२.२६ विद्यार्थीले ल्याए ‘ननग्रेड’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार