पोखरा बस्दै आएका म्याग्दीका भिजिन्द्र केही दिनदेखि सम्पर्कबिहिन , खोजी गरिदिन आग्रह

  म्याग्दी न्युज संवाददाता

पोखरा । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ३  दर घर भई हाल पोखरा बस्दै आउनुभएका भिजिन्द्र बुढा सम्पर्कबिहिन हुनुभएको छ ।उहाँ पोखरा- १५ नयाँ गाउँमा आफ्नै बहिनी मनीषा बुढा सँग बस्दै आउनुभएको थियो ।  बहिनी मनिषा औषधि लिन बाहिर निस्किएको समयमा कसैलाई नसोधी साउन ४ गते शुक्रबार घरबाट निस्कनुभएका ३७ वर्षीय बुढा पोखरा १५ घले चोकबाट सम्पर्कविहीन हुनुभएको हो ।

दैनिक डिप्रेसनको औषधि प्रयोग गर्ने उनी सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन उहाँकी बहिनी मनीषाले आग्रह गर्नुभएको छ ।प्रहरीकोमा रिपोर्ट गरे पनि अहिले सम्म कुनै खबर नपाएको  भन्दै देख्ने जो कसैले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन  अथवा ९८२५१०२४२० र ९८६३०४२१९२ मा सम्पर्क गरिदिन बहिनी मनीषाले आग्रह आग्रह गर्नुभएको छ ।बहिनीका अनुसार,हराएको बखत उहाँले रातो रङ्गको टिसर्ट र पहेँलो धर्का भएको कालो ट्र्याक लगाउनुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार